कुमारी धनवृद्धि र कुमारी इक्विटी फण्डले गर्याे लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र ११ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ११ भदाै । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित दुइ म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक र कुमारी बैंक कोष प्रवर्दक रहेको कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको लाभांश घोषणा गरिएको हो ।  

कुमारी धनवृद्धि योजनाका इकाईधनीहरुका लागि ९.५० प्रतिशत र कुमारी इक्विटी फण्डका लागि पनि ९.५० प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरेको छ ।

योजना व्यवस्थापक कुमारी क्यापिटलको भदो १० गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ का लागि याे लाभांश घोषणा गरेको बताइएकाे छ ।