मंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     भाद्र ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन आईतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

चाँदीको भाउमा यसदिन तोलामा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएसको थियो ।