
काठमाडौं, १२ भदाै । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले साउन २४ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएकाे हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर खुलाएको हो । कम्पनीले काल कायम भएको १ कित्ता बराबर नयाँ १ कित्ताको रेसियोमा हकप्रद खुलाएको हो । अर्थात कम्पनीले रुपैयाँ ९९ करोड बराबरको रुपैयाँ १०० अंकित दरमा ९९ लाख कित्ता हकप्रद सेयर जारी गरेको हो ।
सेयर निष्काशनको प्रयोजनका लागि असार २० गते बुक क्लोज गरिएको थियो । यसका लागि लगानीकर्ताले असार २९ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ ।
आवेदन बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, सेबोनबाट अनुमति पाएका सिआस्वा सदस्य रहेको बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट दिन सकिनेछ । यस्तै लक्ष्मी सनराइ बैंकको गोकुल गंगा गाउँपालिका, शिवालय, रामेछापबाट पनि आवेदन दिन पाईनेछ ।
कम्पनीको चुक्ता पुँजी ९९ करोड रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ९८ करोड पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




