नेप्सेमा सामान्य अंकको बृद्धि, कारोबार पौने १४ अर्बमा सिमित

-



     सफल आवाज    
     भाद्र १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ भदौ। निकै आरोह अबरोहको दबाबमा रहेको सेयर बजार अन्ततः आज बन्द हुँदाकाे समयमा भने सामान्य अंकले बढेको छ ।

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार सामान्य अंकले लयमा फर्किदा लगानीकर्ताहरुको पर्ख र हेरको धैर्यतामा ब्रेक लागेको छ । कारोबार रकम भने अन्य दिनहरुको तुलनामा घटेको छ।

तर बजार बुलिङको चरणमा रहेकोले यस्ता करेक्सनहरु भईरहने र यो वर्ष नेपाली सेयर बजार बुलिङको चरणमै रहन सक्ने यस क्षेत्रका जानकारहरु बताउछन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.८० अंकले बढेर २७८६.४० विन्दुमा रहेको छ । नेप्सेमा ०.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा रहेको छ।

१३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ । यसदिन कुल ३२६ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयरको कारोबारबाट १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार ३९३९ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै लिवर्टि इनर्जि कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ६.८८ प्रतिशतले घटेको छ ।