आज नेप्से ३६.८३ अंकले घट्याे, १२ अर्ब २४ करोडको काराेबार

-



     सफल आवाज    
     भाद्र १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ भदौ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार सेयर नकारात्मक लयमा गएको छ । एउटा उपसमूह बाहेक सबै राताम्मै भएका छन् । कारोबार रकम पनि अन्य दिनको तुलनामा सन्तोषजनक हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३६.८३ अंकले घटेर २७४९.५७ विन्दुमा झरेको छ । नेप्सेमा १.३२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ८.३५ अंकले घटेर ४८९.७९ विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । बाँकी रहेको सबै उपसमूहहरुमा राताम्मै भएका छन् । नेप्सेका अनुसार कुल ३२२ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड ८३ लाख ४६ जहार २४६ कित्ता सेयरको खरिदबिक्रीबाट १२ अर्ब २४ करोड ३६ लाख १ हजार ३६५ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी गुडवील फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको ३७ करोड ६५ लाख ५९ हजार ७ सय ११ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।