क्याप्टेन रामेश्वर थापाको ‘इन्टु द फायर’ पुस्तक विमोचन

-



     सफल आवाज    
     भाद्र १५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १५ भदाै । क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ विमोचन भएको छ। सशस्त्र प्रहरी बल हलचाेकको सभाकक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले साे पुस्तक विमोचन गरेका हुन्।

पुस्तक विमोचन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, ॐ आदि बाल गुरु लगायत उच्चपदस्थ ब्यक्तिहरूकाे सहभागीता थियाे।

अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ द्वन्द्वकालमा नेपाली सेनाको एमआई-१७ हेलिकोप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित रहेकाे छ।

पुस्तकका बारेमा काठमाडौं पोस्ट अंग्रेजी दैनिकका सम्पादक विश्वास बराल र सञ्चारकर्मी विजयकुमार पाण्डेले टिप्पणी गरेका थिए। द्वन्द्वकालमा क्याप्टेन थापाले देशका लागि आफ्नो ज्यानको प्रवाह नगरेको र त्यही भोगाइलाई किताबमा चित्रण गरिएको उनीहरूको भनाइ थियाे। 

 प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्याप्टेन रामेश्वर थापालाई नजिकबाट चिन्ने बताउदै राष्ट्रमा बिभिन्न समयमा भएका असहजतालाइ सहज बनाउन थापाकाे महत्वपुर्ण याेगदान रहेकाे बताएका थिए।

तस्बिर साैजन्य : अन्नपुर्णपाेस्ट