अमेरिकी डलर, यूरोसहित अन्यको भाउ स्थिर

-



     सफल आवाज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित




काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी विनिमय दर निर्धारण गरेको छ । यसदिन विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय मुद्रासंग नेपाली मुद्राको विनिमय दर अपरिवर्तित रहेको कारण सधैं विनिमय दर स्थिर रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा बिक्रिीदर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । यूरो १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा बिक्रीदर १४९ रुपैयाँ ६ पैसा रहेको छ ।

पाउण्डस्ट्रलिङ १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा रहेको छ । स्विस फ्र्यांक १ को खरिददर १५७ रुपैयाँ ७३ पैसा बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ १ पैसा बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८० पैसा रहेको छ ।

सिंगापुर डलर १०२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १०३ रुपैयाँ २३ पैसा रहेको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा बिक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ । साउदी अरबियन रियल ३६ रुपैयाँ ६८ पैसा बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा रहेको छ ।