सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र १६ गते २०८१ मा प्रकाशित



काठमाडौं, १६ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ घटेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले घटेको छ । चाँदीमा रुपैयाँ २५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ २५ ले घटेको जनाएको हो ।

छापावाल सुनमा रुपैयाँ ६ सयले घटेर तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले घटेर तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो ।