आईपीओ निष्कासन गर्दै विकास हाईड्रोपावर कम्पनी

-



     सफल आवाज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १७ भदाै । विकास हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आईपीओ निष्कासन गर्ने लगायतका बिबिध प्रस्ताव पारित गर्न सभा बाेलाएको हो ।  

कम्पनीकाे उक्त साधारण सभा आगामी असोज २२ गते काठमाण्डौमा बिहान ११ बजे हुनेछ। सभाबाट सर्वसाधारणलाई आईपीओ जारी गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आव २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने लगायतका प्रस्ताव पारित गरिने बताइएकाे छ ।