सुनचाँदीको भाउ घट्याे, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले घटेको जनाएकाे छ ।

छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।