काठमाडौं, १७ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा हरियाली छाएको छ । सबै सूचकहरु बढेका छन् तर कारोबार अपेक्षाकृत बढ्न सकेकाे छैन।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा रहेको छ । नेप्सेमा ४.७२ प्रतिशतले बृद्धि भएको छ।
यसदिन सेन्सेटिभ इन्डेक्स २२.९४ अंकले बढेर ५०३.८३ विन्दुमा रहेको छ। नेप्सेमा रहेका १३ वटै उपसमूहहरुमा हरियाली छाएको छ।
यसदिन कुल ३३५ कम्पनीहरुको ३ करोड १४ लाख ३० हजार ४८ कित्ता सेयरको खरिदबिक्रीबाट १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ रुपैयाँ ६७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी गसडवील फाइनान्स लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको सेयर ४६ करोड ५२ लाख ५१ हजार ९ सय रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको कोषको सेयरमूल्य घटेको छ । कोषको सेयरमूल्य ४.७१ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




