काठमाडौं, १८ भदौ । नेपाल एसबिआई बैंक र बुद्ध एयर बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८. ५ सम्म छुट दिने सम्झौता भएको छ।
उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिनमुनि बज्रचार्य लगायतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।