काठमाडाैं, १८ भदाै । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति ताेकिएको छ। सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत संञ्चालित सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको बताइएकाे छ।
क्यापिटलले यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको बताइएकाे छ। भदो २५ गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनाकाे घोषित प्रतिफल पाउन योग्य हुने जनाइएकाे छ ।
क्यापिटलले सानिमा इक्विटी फण्डका लागि १५ प्रतिशत सानिमा लार्ज क्याप फण्डका लागि १० प्रतिशत र सानिमा ग्रोथ फण्ड लागि १० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कंपनीले जनाएकाे छ ।