
काठमाडाैं, १८ भदौ । आज दुई म्युचुअल फण्डहरुको प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन बाँकी रहेको छ।
कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले प्रतिफल वितरणकाे प्रयोजनका लागि भोली भदौ १९ गते बुकक्लोज गर्ने बताएकाले आजसम्म प्रतिफल सुरक्षित गरिसक्नु पर्नेछ ।
लगानीकर्ताले आज मंगलबार नेपाला स्टक एक्सचेन्ज नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरुले दुई फण्डहरुले वितरण गर्ने प्रतिफल पाउन सक्नेछन्।
कुमारी इक्विटी फण्डका अनुसार गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई ९.५ प्रतिशत लाभांश वितरणकाे घोषणा गरिकेा थियाे । कुमारी धनवृद्धि योजनाले ९.५ प्रतिशतका लाभांश वितरणकाे घोषणा गरेको थियो।
दुई म्युचुअल फण्डहरुको योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कोष प्रबर्द्धकमा कुमारी बैंक लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




