काठमाडाैं, १९ भदाै । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि उम्मेदवारी दिएका ५ जना सूचीकरणमा परेका छन्।
सीईओका लागि सूचीकरणमा पर्ने उम्मेदवारहरूमा विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, सुशील ज्ञवाली, रामदेव यादव र भीष्मराज ढुंगाना छन् । यी मध्येबाट ३ जनाको सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ भने मन्त्रिपरिषद्ले १ जनालाई सीईओ नियुक्त गर्नेछ ।
सिफारिस समितिले उम्मेदवारको कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपछिमात्र मन्त्रिपरिषदमा सिफारिस गर्ने जनाएकाे छ ।