
काठमाडाैं, २० भदाै । आरबिबि म्युचुअल फण्ड १ र आरबिबि म्युचुअल फण्ड २ ले इकाईधनीहरुका लागि लाभांश घोषणा गरिएकाे छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको योजना व्यवस्थापनमा यी फण्डहरू सञ्चालित छन् ।
आरबिबि मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले आरबिबि म्युचुअल फण्ड १ का इकाईधनीहरुलाई करसहित ३.८१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड २ का इकाईधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरे हो।
दुबै फण्डहरुकाे भदौ ३१ गते बुकक्लोज गरिनेछ । लाभांश पाउनका लागि इकाईधनीहरुले भदौ ३० गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका इकाईधनीहरु मात्रै लाभांश पाउनका लागि याेग्य मानिने छन् ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




