भगवती हाईड्रोपावर कम्पनीद्वारा १४ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र २३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २३ भदाै । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।  

बैठकले आव २०८०/८१ खुद मूनाफा र सन्चित मूनाफाबाट सेयरधनीहरूलाई १०.७३६८ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको बताएकाे छ । 

यो लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएकाे छ ।