सुनमा रु १२ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     भाद्र २३ गते २०८१ मा प्रकाशित



काटमाठौं, २३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १२ सय तथा चाँदीमा रुपैयाँ ४५ ले गिरावट भएको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १२ सयले घटेर तोलाको १ लाख ५२ हजार १ सय रुपैयाँ कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ४५ ले घटेर तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।