नेप्से २५.४६ अंकले घट्याे, १० अर्ब १२ करोडको कारोबार

-



     सफल आवाज    
     भाद्र २३ गते २०८१ मा प्रकाशित



काठमाडौ, २३ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट भएको छ । कारोबार रकम पनि यसअघिका दिनहरुको जस्तो उल्लेख्य रुपमा बढेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २५.४६ अंकले घटेर २७०१.९० विन्दुमा झरेको छ । नेप्सेमा ०.९३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.६३ अंकले घटेर ४७९.७२ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ । कुल ३२८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको २ करोड २२ लाख ६२ हजार ९२४ कित्ता सेयरको खरिदबिक्रीबाट १० अर्ब १२ करोड, २४ लाख ८ हजार २४९ रुपैयाँ १२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४२ करोड १९ लाख २५ हजार २१० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।