
काठमाडौं, २४ भदाै । राष्ट्र बैंकले पेन्सन तथा उपदानमा रहेकाे साढे १ अर्ब रकम विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा लगानी गर्ने बताएकाे छ । राष्ट्र बैंकले क, ख र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरूमा रुपैयाँ १ अर्ब ५० करोडनिक्षेपका रुपमा लगानी गर्ने बताएकाे हाे ।
राष्ट्र बैंकले वाणिज्य क बर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड लगानी गर्ने भएकाे छ । यस्तै राष्ट्रियस्तरका विकास बैंकहरुमा रुपैयाँ २२ करोड ५० लाख र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा रुपैयाँ ७ करोड ५० लाख जम्मा गर्ने भएकाे छ ।
बैंकका अनुसार आउदाे २०८१ असोज ४ गते देखि २०८२ असोज ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा साे रकम जम्मा गरिनेछ । यसमा सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाले लिन चाहेको रकम खुलाउन र ब्याजदर उल्लेख गरेर भदौ २६ गते बुधबार बेलुकी ७ बजेसम्म प्रस्ताव पेश गर्न सक्ने भएका छन्।
प्रस्ताव पेश गर्नका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ । न्यूनतम पुँजी कोष हुनुपर्ने छ ।
यस्तै निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनपर्नेछ लगायतका सर्तहरु पूरा गरेका बैंक वित्तीय संस्थाहरुले आवेदन दिन पाउनेछन् ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




