
काठमाडौं, २५ भदाै । सानिमा क्यापिटलले व्यवस्थापन गरेकाे ३ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ ।
फन्डका इकाईधनीहरुले आजसम्म सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने सक्नेछन् ।
तीनवटै फन्डहरुले नगद लाभांश वितरणकाे प्रयाेजनका लागि बुधबार भदाै २६ गते बुक क्लोज गर्ने भएका छन् । लाभांश पाउनका लागि आजसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका भदौ २५ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्रै लाभांश पाउनेछन् ।
सानिमा इक्विटी फन्डका इकाईधनीहरुले १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरुले १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीले कर सहित १० प्रतिशत नगद लाभांश पाउनेछन्।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




