व्यवसायीको नसुनिएको पिडा र व्यथाकाे एड्भोकेसी गर्नु छ : अध्यक्षका प्रत्यासि कार्कि

-



     सफल आवाज    
     भाद्र २५ गते २०८१ मा प्रकाशित



पाेखरा, २५ भदाै । डेङ्गीकाे कारण थलिएका उनी घरु घरमा पुग्न नसकेपनि सामाजिक सन्जाल र फाेन मार्फत मत मागिरहेका छन् ।

कार्किले भने, “आर्थिक चलायमान हुन सकेन भने कुनैपनि देशको विकास हुन सक्दैन” भन्ने अग्रजहरुको दूरदृष्टि थियो । उहाँहरुले सूरुआतबाटै शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका विषयहरुमा बहस र पैरवी गर्दै आएको पाईन्छ । हाम्रो पुस्ताले पनि उहाँहरुको सिको गरिरहेको छ ।

२०५५ सालदेखि लगातार जेठो, गर्विलो व्यावसायिक संस्था पोखरा उद्योग वाणिज्य संघमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न हुँदै संघको वरिष्ठ उपाध्यक्ष बनेका गोकर्ण कार्कि संघको ३५ औं महाधिवेशनमा आफ्ना ११ बुँदामा समेटिएको प्रतिवद्धता पत्रकासाथ चुनावी मैदानमा छन् ।

औद्योगिक क्षेत्रमा आफ्नै उत्पादन हुनुपर्छ । उत्पादन भएन भने विदेशी सामान बेचेर हामी आर्थिक रुपमा सक्षम हुन सक्दैनौ । स्वदेशी उत्पादनलाई विशेष जोड दिनुपर्छ । कृषि र यस्तै अन्य उत्पादनका क्षेत्रहरुको पहिचान र द्रुत कार्यान्वयनको खाँचो छ ।

बिगतमा स्व.हेम बहादुर प्रधान बिस्कुट उद्योगीबाटै संघको नेतृत्वमा पुग्नु भयो । फणिन्द्रमान शेरचन आएपछि लामो समय ग्यापिङ देखिएकोमा हाल म नेतृत्वको प्रमुख दाबेदारको रुपमा चुनावी मैदानमा छु ।

अर्को कुरा म विभिन्न चरण पार गर्दै वरिष्ठ उपाध्यक्ष भईसकेपछि पुग्नुपर्ने ठाउँ भनेकै अध्यक्षको पद हो । क्रमसः माथि जाने चलन अनुसार नेतृत्वको मुख्य दाबेदार पनि मै हुँ । प्राकृतिक न्यायकाे सिद्धान्तले पनि साेहि कुराकाे पुष्टि गर्छ ।

मलाई पोखराका अग्रज व्यवसायीहरु, प्यारा मनकारी व्यवसायीहरु तथा औद्योगिक क्षेत्रमा रहेको उद्योग संघले पनि एकपटक नेतृत्व गर्नुस् भनेको छ । किनकी उहाँहरुको नसुनिएको गहिरो पिडा र व्यथा छ जो उहाँहरुलाई मात्रै थाहा छ । यसमा एड्भोकेसी पक्कै होला भनेर पनि अघि बढ्न हौसला दिनु भएको छ ।