सुनचाँदी खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     भाद्र २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २ सयले बृद्धि भएको जनाएको छ । चाँदीमा रुपैयाँ १० ले बृद्धि भएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघकाअ अनसरा चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।