अर्थमन्त्री पाैडेलद्वारा सञ्चयकर्तालाई आकर्षित गरेर काम गर्न काेषलाई निर्देशन

-



     सफल आवाज    
     भाद्र २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ भदाै । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धीको आधारमा सञ्चयकर्ताहरुलाई आकर्षित गर्न निर्देशन दिएका छन् । उनले आज कर्मचारी सञ्चय कोषका पदाधिकारीहरुबीचकाे छलफलमा साे निर्देशन दिएका हुन्।

सञ्चयकर्तालाई नोक्शानीको आधारमा नभइ भएका पलब्धीका आधारमा आकर्षित गर्न निर्देशन दिदै काम गर्न र काेषमाथि सञ्चयकर्ताले गरेकाे विश्वास कायम राख्न आग्रह गरे ।

अर्थमन्त्री पौडेलले भएकाे दक्ष जनशक्तिबाट काम गर्न र काममा प्रविधिको प्रयोग गर्दै सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य कार्यालयहरुमा कम जनशक्तिबाट धेरै काम लिनुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले काम गरिरहेकाे जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिनुपर्ने बताउदै कोषमा ५ सय दरबन्दी बढी भएकाे बताए । हाल ३७१ जनाले काम गरिरहेकाे अवश्थामा कर्मचारी थप्न आवश्यक नभएकाे बताए ।

कोषमा सञ्चयकर्ताहरुले भर मानेका हुन्छन् । कोषको आकार र आधारमा अनि भविष्य सञ्चयकर्ताहरु भएर मात्रै हुन्छ । उनले भने, सञ्चयकर्ताहरुको विश्वास कायम राखेर कोष अगाडी बढ्नु पर्छ ।

मन्त्री पाैडेलले नेपालमा रोजगारीको आवश्यकता भएकाे र सरकारले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कामहरु गरिरहेकाे बताए । अब कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले थाेरै जनशक्तिबाट धेरै काम लिन जरुरी भएकाे उनकाे भनाइ थियाे ।