नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ भदाै । नबिल फ्लेक्सी क्याप फण्डकाे लाभांश घोषणा गरिएकाे छ । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, नबिल फ्लेक्सी क्याप फण्डकाे गत आर्थिक वर्षकाे लाभांश घोषणा गरिएकाे हाे ।

इकाईधनीहरुका लागि फण्डले ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको भदाै २५ गतेकाे बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएकाे छ ।

लाभांश वितरण प्रयोजनका लागि फण्डले आज बुकक्लोज गरेकाे छ। लाभांश पाउनका लागि इकाईधनीहरुले भदाै २५ सम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

यो खुलामुखी योजना हाे । यसकारण इकाईधनीहरुले पाएकाे लाभांश बराबरको रकमले लाभांश वितरणपछि समायोजन हुने मूल्यमा लाभांश पुनः थप इकाईहरु खरिद गर्न पाउनेछन्।

पुनः लगानी गर्न चाहने इकाईधनीहरुले असोज १० गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएकाे छ . यस फण्डको कोष प्रबर्धकमा नबिल बैंक रहेको छ।