एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाईमूल्य समायोजन

-



     सफल आवाज    
     भाद्र २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ भदौ । एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य आज नेप्सेमा समायाेजन भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार लाभांश वितरणकाे प्रयोजनका लागि फण्डले बुकक्लोज गरेपछि नेप्सेले इकाईमूल्य समायोजन गरेर नयाँ मूल्य ताेकेकाे छ ।

नेप्सेका अनुसार फण्डको १४ प्रतिशत नगद लाभांश समायोजन भएकाे छ । समायोजनपश्चात फण्डको इकाईमूल्य ९ रुपैयाँ ८५ पैसा कायम भएकाे छ।

साे मूलय नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यकाे आधारमा समायोजन गरेको जनाएकाे छ । बिहीबार फण्डको इकाई ११ रुपैयाँ २५ पैसामा अन्तिम कारोबार भएको थियो।

अब समायाेजन भएकाे साे मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा फण्डको कारोबार खुल्ला हुने भएकाे छ ।