एभरेष्ट बैंककाे १५.५३ प्रतिशत लाभांश प्रस्ताव

-



     सफल आवाज    
     भाद्र ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३० भदाै । एभरेष्ट बैंक लिमिटेडले साधारण सभा बाेलाएको छ। भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ३० औं वार्षिक साधारण सभा बाेलाएको हो।  

बैठकले आगामी असोज २० गते काठमाण्डौको भाटभटेनी स्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको बताइएकाे छ।  

सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने बताइएकाे छ।

प्रस्तावित बोनस सेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, हाल कायम रहेको दैनिक भत्ता परिवर्तन गर्न नियमावलीको संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित गर्ने एजेण्डा रहेका छन ।

त्यसैगरी सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गरिने एभरेष्ट बैंक लिमिटेडले जनाएकाे छ।