
पोखरा, ३० भदौ । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् ।
आइतबार साँझ आएको अन्तिम मत परिणामाअनुसार ३५ औँ महाधिवेशनमा कार्की १ हजार ३ सय ३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । उनले प्रतिष्पर्धी अर्जुन पोखरेललाई ४५८ मतले पराजित गरेका थिए । पोखरेलले ८८१ मत मात्र प्राप्त गरे ।

पोखरेल गत महाधिवेशनमा पनि अध्यक्षमा प्रतिष्पर्धा गरि पराजित बनेका थिए । कार्की भने महासंघका वरिष्ठ उपाध्यक्ष थिए ।
यो निर्वाचनमा पोखरेल प्यानल नै बनाएर होमिएका थिए । कार्कीले भने अध्यक्षमा मात्र उमेदवारी दिएका थिए । अध्यक्ष पदमा २७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षसँगै पदाधिकारीमा उपमहासचिवमा पनि प्रतिष्पर्धा भएको छ । अध्यक्षमा पोखरेल र कार्कीबिच प्रतिष्पर्धा हुँदा उपमहासचिवमा बालकृष्ण कोइराला र सुदिपमान प्रधानाङ्गबिच प्रतिष्पर्धा भएको थियो । कोइरालाले पोखरेल प्यानलबाट उमेदवारी दिएका हुन ।
पोखरेलसँगै उपमहासचिवमा कोइराला पनि पराजित बन्न पुगेका छन । सुदिप प्रधानाङ्गले १ हजार १७७ मत ल्याएर निर्वाचित हुन पुगेका छन। उनले कोइरालालाई १६० मतले पछि पारेका थिए ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




