फेरी बढ्याे सुनको भाउ, तोलाको १ लाख ५७ हजार ३ सय

-



     सफल आवाज    
     भाद्र ३१ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । सुनको भाउ लगातार बढिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेर अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ १५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सो भाउ अहिलेसम्मकै उच्च भाउ थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले बढेर तोलाको १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।