
काठमाडौं, ३१ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । पछिल्लो क्रममा सेयर बजारमा भईरहेको नकारात्मक लयले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको अवस्थामा पुर्याएको छ ।
वर्तमान सरकार गठन भएको भोलिपल्ट बाट उकालो लागेको सेयर बजारमा ३० अर्बको कारोबार भएको थियो । पुनः घट्दै घट्दै आज भने साढे ७ अर्बको नजिक पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा रहेको छ । नेप्सेमा २.१६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ८.५४ अंकले घटेर ४६०.११ विन्दुमा रहेको छ ।
यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । कुल ३१२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको कारोबार भएको छ । यसबाट ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३८३ रुपैयाँ ७४ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी सिएचडिसि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुडवील फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । फाइनान्सको सेयरमूल्य ९.९१ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको…
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण… 




