भगवती हाइड्रोपावरको सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     असाेज १ गते २०८१ मा प्रकाशित



काठमाडौं, १ असाेज । भगवती हाइड्रोपावरको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि असोज २ गते बुकक्लोज गर्ने भएकाे छ।

आज उपत्यका इन्द्रजात्राको बिदा दिइएकाे छ । यसदिन सेयर काराेबार पनि बन्द रहेकाे छ । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि सेयरयरधनीहरुले साेमबारसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

कम्पनीको ४ प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । सेयर समायोजनपछि सेयरमूल्य ९१८ रुपैयाँ ३७ पैसा कायम भएकाे छ । साे मूल्य अघिल्लो कारोबारकाे अन्तिम मूल्यकाे आधारमा समायोजन भएकाे हाे ।

अघिल्लो कारोबार भएकाे दिनमा प्रतिकित्ता ९५५ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो। अब समायोजन भएकाे मूल्यकाे आधारमा बुधबार सेयर कारोबार खुल्ने भएकाे छ।

कम्पनीकाे २४ औँ वार्षिक साधारण सभा असोज १६ गते, बुधबार, अर्पण ब्यान्क्वेट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौँमा पूर्बान्ह ११ बजे डाकिएकाे छ ।

सभाले १०.७३६८ प्रतिशत नगद लाभांशसहित १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित अनुमाेदन गर्नेछ।साथै प्रबन्धपत्र संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक नियुक्त लगायतका एजेण्८ाहरु रहेका छन् ।