नेपाल ल्यूब आयलको लाभांश आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     असाेज २ गते २०८१ मा प्रकाशित



काठमाडौं, २ असाेज । नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गर्ने जानकारी गराएकाे छ ।

सरकारले असोज ३ गते भाेलि संविधान दिवसको अवसरमा सार्वजनिक विदा दिने हुनाले सेयर बजारकाे काराे नहुने भएकाेले सेयरधनीहरुले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउने र साधारण सभामा भाग लिन सक्नेछन्। 

नेपाल ल्यूब आयलले गत वर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएकाे छ । कम्पनीले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिनेछ । साथै कर प्रयाेजनका लागि ५ प्रतिशत नगद लाभांशसहित २५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।

कम्पनीका अनुसार लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गर्नका लागि असोज १८ गते वार्षिक साधारण सभा डाकिएकाे छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा पूवान्ह साढे ११ बजेदेखि बाेलाइएकाे छ । 

सभामा प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि पेश हुने भएकाे छ । यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र वित्तीय विवरण लगायतका एजेण्डाहरु छलफल हुने भएकाे छ । सभाले आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्नेछ ।