
काठमाडौं, २ असोज । नेपाललाई रेल्वे विकासमा अगाडि बढाउन ढिला गर्न नहुने विभिन्न राजनीतिक दलका नेता एवं यस क्षेत्रका जानकारहरूले जोड दिएका छन् ।
नेपाल बुद्धिजीवी परिषद्ले आज काठमाडौँमा आयोजना गरेको ‘नेपालमा रेल्वे विकासको रोडम्याप’ विषयक अन्तक्र्रियाका वक्ताहरूले बढ्दो जनसङ्ख्यालाई ध्यान दिँदै देशको दीर्घकालीन हितका लागि रेल्वे विकासमा जोड दिएका हुन् ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले राष्ट्रिय आवश्यकतामा आधारित भएर रेल्वे नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले अबको २० वर्षभित्र हुने नेपालको जनसङ्ख्या, देशको आवश्यकता तथा अर्थतन्त्र विकासका लागि आवश्यकपर्ने यातायात गुरुयोजना तयार गर्न आवश्यक छ भने।
नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष तथा बागमती प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटा यातायातको एकीकृत मास्टर प्लान आवश्यक भएको बताउँदै काठमाडौँमा मेट्रो रेल बनाउन ढिला गर्न नहुने बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले रेल्वे विकासविना समृद्धि हासिल हुन कठिन हुने बनाए।
जल, रेल, हवाई र सडकको एकीकृत योजनामा यातायातको विकास आवश्यक रहेको बनाउँदै सचिव शर्माले दीर्घकालीन रुपमा देशको फाइदा हेर्दा रेल्वेमा जानुपर्ने बताए।
रेल्वेसम्बन्धी विज्ञ तथा स्क्याप नेपालका अध्यक्ष ठाकुर शर्माले आमजनतामा चेतनाको कमी भएका कारण रेल्वे विकासमा कठिनाइ हुने गरेको बताउँदै भौगोलिक विकटता, संस्थागत क्षमता, रेल्वेसम्बन्धी मानवीय जनशक्ति विकास र परिचालन, आर्थिक स्रोतको व्यवस्थापन, वातावरणमैत्री बनाउनेजस्ता विषयमा ध्यान दिनुपर्ने बताए।
पूर्वअर्थसचिव, लालशङ्कर घिमिरेले रेल्वेले सहरीकरण, रोजगारी, पर्यटन, वातावरणमैत्री, ग्रामीण विकासमा फाइदा पु¥याउने भए पनि नेपालमा रेल्वे आर्थिक रुपले चुनौतीपूर्ण देखिएको बताए। रेल्वेमा जाँदा पहिला काठमाडौँमा रेल्वे बनाउनुपर्नेमा घिमिरेको जोड थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




