नेपाल ल्यूब आयलकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     असाेज ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ असोज । नेपाल ल्यूब आयल लिमिटेडकाे सेयरमूल्य नेप्सेमा समायाेजन भएकाे छ । कमपनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे छ ।

कम्पनीको २० प्रतिशत बोनस सेयर समायोजन गरिएकाे छ । समायोजन गरेपछि सेयरमूल्य २३७ रुपैयाँ ४२ पैसा कायम भएको छ। याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा तय गरिएकाे हाे । बुधबार, सेयर प्रतिकित्ता २८४ रुपैयाँ ९० पैसामा कारोबार भएको थियो।

कम्पनीकाे समायाेजन भएकाे नयाँ मूल्यकाे आधारमा असोज ६ गते बजार खुलेपछि दोस्रो बजारमा कारोबार खुल्ने भएकाे छ कम्पनीले असोज १८ गते, याक प्यालेस, पुल्चोक, ललितपुरमा ३३ औँ वार्षिक साधारण सभा डाकेकाे छ। सभा पूर्वान्ह साढे ११ बजे बाेलाइएकाे छ।

सभामा २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांशसहित २५ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव पेश हुनेछ । यस्तै सभामा प्रिमियम मूल्यमा एफपीओ जारी खुलाउने प्रस्ताव अनुमाेदन हुनेछ ।