यी दुई कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ६ असोज । सिईडिबि हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी र ओरियण्टल होटलकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेको छ।

साधारण सभा तथा लाभांश वितरणकेा प्रयोजनका लागि दुबै कम्पनीले साेमबार असाेज ७६ गते बुकक्लोज गर्ने भएकाेले लगानीकर्ताले आजसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।

यसरी कम्पनीकाे सेयर काराेबार गरेर कायम भएका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । साथै दुबै कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्रनेछन् ।

सिईडिबि हाइड्रोपावर

सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ । साे सेयर वितरण गरेपछि ५४.५ प्रतिशत हकप्रद सेयर निष्काशन गरिने जनाइएकाे छ।

यसैकाे प्रस्ताव अनुमाेदनका लागि कम्पनीले असोज २१ गते साधारण सभा बाेलाएकाे छ । सभा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी, काठमाडौँमा बिहान ११ बजे डाकिएकाे छ।

सभामा बोनस वितरण तथा हकप्रद निष्काशन गर्ने प्रस्ताव, प्रबन्धपत्र र नियमावली संशोधन गर्नका लागि साेकाे अख्तियारी सञ्चालक समितिलाई लिने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक ताेकिने लगायतका एजेण्डाहरू रहेका छन्।

ओरियन्टल होटल्स

ओरियन्टल होटल्स लिमिटेड पनि साधारण सभा डाकेकाे छ । साे हाेटलकाे २७ औँ साधारण सभा असोज २० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बोलाइको छ। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३१६ प्रतिशत नगद लाभांशसहित ५.२६३१६ प्रतिशत लाभांश वितरणकाे प्रस्ताव अनुमाेदन गरिनेछ ।

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक ताेक्ने, वित्तीय विवरणमाथि छलफल गरी पारित गरिने भएकाे छ ।