प्रभु सेलेक्ट र प्रभु स्मार्ट फन्डको बुक क्लोज असोज १४ मा

-



     सफल आवाज    
     असाेज ६ गते २०८१ मा प्रकाशित



काठमाडौं, ६ असाेज । प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको बुक क्लोज मिति तय भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा रहेकाे यी दुइ म्युचुअल फन्डहरूको लाभांशकाे लागि बुक क्लोज मिति तय गरिएकाे हाे । दुबै फन्डहरुले नगद लाभांश वितरण गर्नका लागि यही असोज १४ गते सोमबार बुक क्लोज गर्ने भएका हुन्।

कम्पनीकाे लाभांश पाउन याेग्य हुनका लागि इकाईधनीहरूले असोज १३ गतेसम्म सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरूले मात्र लाभांश पाउनका लागि हकदार हुनेछन् ।

गत आर्थिक वर्ष २०८० र ०८१ को नाफाबाट प्रभु सेलेक्ट फन्डले १० प्रतिशत तथा र प्रभु स्मार्ट फन्डले इकाईधनीहरू ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका छन् ।