सुनमा फेरि नयाँ रेकर्ड: तोलाको १ लाख ५९ हजार २ सय पुग्याे

-



     सफल आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असोज । दिनदिनै सनको भाउले रेकर्ड कायम गरिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा आज रुपैयाँ ४ सयले भाउ बढेको जनाएको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

यसदिन छापावाल सुन तोलामा ४ सयले बढेर तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो भाउ अहिलेसम्मै उच्च हो ।

यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो भाउ हालसम्मै उच्च भाउ हो ।

महासंघका अनुसार चाँदीकाे भाउ स्थिर रहेको छ । भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ९ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय २० रुपैयाँमा नै कारोबार भएको थियो ।