हिमालय उर्जाकाे १४ लाख ४६ हजार कित्ता सेयरकाे लिलामी बिक्री खुला

-



     सफल आवाज    
     असाेज ७ गते २०८१ मा प्रकाशित



काठमाडौं, ७ असाेज । हिमालय उर्जा विकास कम्पनीले आजदेखि सेयर लिलामीमा बिक्री खुला एकाे छ ।

कम्पनीले १४ लाख ४६ हजार ३५९ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएकाे हाे । लगानीकर्ताहरू घटीमा रूपैयाँ १०० काे आधार बनाएर बोलपत्रमा सहभागि हुन पाउनेछन्।

सेयर खरिद गर्न चाहने लगानीकर्ताले घटीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि ९९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियाे । त्याे बेलामा बिक्री हुन बाँकी रहेकाे सेयर लिलामी बिक्रीका लागि खुलाइएकाे हाे ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेकाे छ ।