
काठमाडौं, ७ असोज । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजार राताम्मै भएको छ । सम्पूर्ण सूचकहरु राताम्मै हुँदा कारोबार रकममा बढोत्तरी देखिएन । नेप्सेमा पछिल्ला दिनहरुमा भईरहेको गिरावटले लगानीकर्ताहरुलाई फेरि पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा झरेको छ । नेप्सेमा २.२८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ९.०२ अंकले घटेर ४५४.४० विन्दुमा रहेको छ ।
नेप्सेका अनुसार १३ वटै उपसमूहहरु राताम्मै भएका छ । कुल ३२९ कम्पनीहरुको १ करोड ३५ लाख ३५ हजार ९ सय ३ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब ६६ करोड ३ लाख २ हजार ६८३ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको कारोबार भएको छ । फाइनान्सको २१ करोड १३ लाख ४२ हजार ७३२ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ९.८४ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुडवील फाइनान्सले गुमाएको छ । फाइनान्सकाे सेयसमूल्य १० प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




