
पोखरा, ७ असोज । समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–१ वगरको १७ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
संस्थाको साधारण सभामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा ज्येष्ठ सदस्य तर्फ शरण श्रेष्ठ, अनुशाशित बचत सदस्य सीता अधिकारी र असल ऋणिबाट वलराम भट्टराईलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ र संस्थाकी अध्यक्ष सीता गुरुङले सम्मानित व्यत्तित्वलाई सम्मान गरे।
साधारण सभामा संस्थाकी सचिव जीवन अधिकारी, कोषाध्यक्षको तर्फबाट सदस्य रामप्रसाद श्रेष्ठ र लेखा समिति संयोजक रामप्रसाद अधिकारीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाको गत असार मसान्तसम्म चुक्ता पूजीँ १ करोड ३४ लाख २५ हजार, निक्षेप संकलन १ करोड ७६ लाख १ हजार ८४ र ऋण लगानी ३ करोड ३१ लाख रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाकी उपप्रमुख मञ्जुदेवि गुरुङले सहकारीमा पछिल्लो समय देखिएको समस्याका बारेमा सचेत भएर अगाडि बढ्न शेयर सदस्यहरुलाई आग्रह गरिन्।
‘केहि सहकारी संस्थाले गर्दा सहकारीहरुमा अहिले विचलन र संकट पैदा भएको छ’ उनले भनिन्,‘शेयर सदस्यहरु नै चनाखो भई सहकारीमा आउने विचलन र संकट हटाउनु पर्दछ।’
सहकारीका सात सिद्धान्त पूर्ण रुपमा पालना गरेको खण्डमा सहकारीमा कुनै समस्या नआउने उनले प्रष्ट पारिन्।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले सहकारी संस्थाले आर्थिक कारोवारमा मात्र जोड नदिइ सामाजिक उत्तरदायित्व पनि वहन गरेको उल्लेख गरे।
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका प्रथम उपाध्यक्ष मनपति भण्डारीले शेयर सदस्यहरुको सहकार्यले मात्रै संस्थालाई मजवुद वनाउन सकिने बताए।
कार्यक्रममा सेती मोदी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गंगाबहादुर गुरुङ, समावेशी बचत तथा ऋण सहकारी संस्थाका शिक्षा उपसमिति संयोजक कल्पना थापा, शेयर सदस्य गोपाल बहादुर गुरुङले बोलेका थिए।
समावेशी बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सीता गुरुङले सहकारीमा हुनसक्ने जाेखिमका बारेमा चनाखाे भएकाे बताइन् । एकाध सहकारीमा समस्या भयाे भन्दैमा सबैलाइ एउटाै डालाेमा राखेर हेर्न नमिल्ने बताउँदै नियामक निकायकाे अनुगमनमा जाेड दिइन् ।
उनले गलत मनसाय भएकाहरू बाहिरबाट आएर संस्था खाेल्ने र त्यसकाे काम, नियमन नहुँदाकाे परिणाम अहिले अर्बाैं रूपैयाँ अपचलन भएकाे र बचतकर्ताकाे बिचल्ली भएकाे बताइन् । हामी सहकारीका ७ सिद्धान्तमा प्रतिवद्ध छाैं, उनले भनिन्, अधिक दिदबहिनी पदाधिकारी रहेकाे संस्थाकाे गरिमालाइ उचाे बनाइरहने छाै ।
अध्यक्ष गुरुङले संस्थामा कुनै कठिनाइ नभएकाे र सेयर सदस्यहरूकाे लागि १८ प्रतिशत लाभांश दिन सफल भएकाे जानकारी दिइन् । उनले सबैले काम गर्नेपर्ने र ससानाे रकम बचत गर्ने बानि बसाल्न सुझाइन् ।
अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रञ्जन कुमार बुद्धाचार्याले स्वागत र सचिव जीवन अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन्।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




