नेप्से ५८.९३ अंकले घट्याे, ५ अर्ब ६८ करोडको कारोबार

-



     सफल आवाज    
     असाेज ८ गते २०८१ मा प्रकाशित



काठमाडौं, ८ असोज । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजार राताम्मै भएको छ । छिटपुट बाहेक केहि हप्तादेखि नेप्से ओरालोको यात्रामा गएकाे छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार अाज नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७०.३९ विन्दुमा झरेको छ । नेप्सेमा २.३३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ९.५२ अंकले घटेर ४४४.८८ विन्दुमा रहेको छ ।

यसदिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । चाडबाडको समय नजिकिएसँगै सूचकांकहरुमा देखिएको गिरावटले लगानीकर्ताहरुमा सिथिलता आएपनि पुनः उकालोको यात्रा कहिले तय गर्ने हो त्यो पखाईको विषय बनेको छ ।

कुल ३०९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता सेयरको कारोबारबाट ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ ६९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ४१ लाख ७६ हजार ७६ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.८१ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।