
काठमाडाैं, ९ असाेज । सुपर मादी हाइड्रोपावरले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न कात्तिक ५ गते पन्ध्रौं वार्षिक साधारण सभा डाकेकाे छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बाेनस शेयर तथा लाभांश वितरण गर्ने घोषणासहित साधारण सभा डाकेकाे हाे।
सभा कात्तिक ५ गते, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा साधारण सभा डाकेकाे हाे । उक्त सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ।
सभाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५५ लाख २६ हजार ३१६ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित अनुमाेदन गरिने भएकाे छ।
यस्तै ताप्लेजुङमा निर्माण भइरहेकाे २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत आयोजनामा लगानी गर्न सञ्चित मुनाफा, कर्जा तथा हकप्रद शेयर खुलाउने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेण्डा रहेका छन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १८ गतेदेखि कात्तिक ५ गतेसम्म बुक क्लोज गरिने कम्पनीले जनाएकाे छ । यसका लागि लगानीकर्ताहरूले असोज १६ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएकाे हुनुपर्नेछ ।








ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य… 




