नेप्सेको ओरालोको यात्रा राेकियाे, ४९.१८ अंकले बढ्दा ४ अर्ब ८१ कराेडकाे काराेबार

-



     सफल आवाज    
     असाेज ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ असोज । लागातार केहि सातादेखि ओरालोको यात्रामा गएको सेयर बजारको ओरालोको यात्रामा बुधबार ब्रेक लागेको छ ।

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार उकालोको यात्रामा गएपछि लगानीकर्ताहरु उत्साहि भएका छन् । तर कुल कारोबार भने आकलन गरेभन्दा निकै कम भएको छ । यो ५ अर्बको घेरोभन्दा तल नै रहेको छ ।

वर्तमान सरकारका अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेको भोलिपल्ट देखि उकालो लागेको सेयर बजारमा ३० अर्बको कारोबार भएको थियो । त्यसपछि फेरि ओरालो लागेर कारोबार ५÷६ अर्बको हाराकारीमा रहेकाे छ । यसले लगानीकर्तालाई पर्ख र हेरको स्थितिमा पुर्याएको छ ।

सेयर बजारको सुधारका लागि लागिरहेको बताईरहेका अर्थमन्त्री पौडेल र यसपालिको मौद्रिक नीतिले पनि सकारात्मक संवोधन गरेको थियो । पछिल्ला दिनहरुमा पुनः सेयर बजारमा गिरावटले निरन्तरता दिने थालेपछि अर्थमन्त्री पौडेल स्वयं नेप्सेका अधिकारीहरुसंग भेट्न पुगे र बजार अस्थिर हुनुका कारणहरु खोज्न थाले । यसको केहि दिनपछि आज नेप्सेमा सकारात्मक माहोल बनेको छ ।

बुधबार झण्डै आधा शतकको परिपूरण भएको छ । अर्थात नेप्से परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ विन्दुमा पुगेको छ । नेप्सेमा १.९९ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.९१ अंकले बढेर ४५२.८० विन्दुमा रहेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये एउटा बाहेक बाँकी १२ वटामा हरियो लागेको छ । कुल ३२७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता सेयरको कारोबारबाट ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै न्यादी ग्रुप पावर लिमिटेडको सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६४ लाख १७ हजार ७८७ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटको छ । कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ ।