
काठमाडौं, १० असाेज । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएर सर्ट लिस्टमा परेका तीनजना उम्मेदवारहरुलाई अन्तरवार्तामा बाेलाएकाे छ ।
मन्त्रालयले अन्तरवार्तामा आफ्नाे व्यावसायिक कार्ययाेजनाकाे प्रस्तुतीकरण पनि राख्नुपर्ने भनेकाे छ। बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिकाे असोज ९ गतेकाे निर्णय अनुसार कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीलाई अन्तरवार्तामा बोलाइएको हो।
अर्थमन्त्रालयले सर्ट लिस्टमा परेका कार्की, चापागाई र अधिकारीलाई यही असाेज १८ गते बिहान ८ बजे मन्त्रालयमा बाेलाएकाे छ ।









केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी… 




