
काठमाडौं, १० असोज । सुनको भाउ उकालो लाग्ने क्रम रोकिएको छैन । अघिल्लो दिनपनि भाउ बढेर ऐतिहासिक रेकर्ड बनाएको सुनको भाउले यसदिन पनि अर्को नयाँ रेकर्ड कायम गरेको छ ।
साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।
छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा नै कारोबार भएको थियो ।








केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी… 




