एक महिनामा भित्रियाे रू १ खर्ब ३७ अर्ब रेमिट्यान्स

-



     सफल आवाज    
     असाेज १० गते २०८१ मा प्रकाशित



काठमाडाैं, १० असाेज । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएकाे छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउनमा रूपैयाँ १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको जनाएकाे हाे । याे अघिल्लाे वर्षको सोही अवधिकोभन्दा १८ प्रतिशतले धेरै हो ।

गत वर्ष साउनमा अघिल्लो वर्षकोभन्दा २२.८ प्रतिशतले रेमिट्यान्स बढेको थियो । अमेरिकी डलरमा याे १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षमा ८७ करोड ९८ लाख थियाे ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेहरूकाे संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९ हजार १५२ र १६ हजार ४२३ थियो ।