सुनमा अर्को नयाँ रेकर्ड, तोलाको १ लाख ६१ हजार २ सय

-



     सफल आवाज    
     असाेज ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ असोज । सुनको भाउ दिनदिनै बढिरहेको छ । अघिल्लो दिन बिहिबार ऐतिहासिक उच्च रेकर्ड बनाएको सुनमा आज फेरि अर्को नयाँ रेकर्ड बनेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

चाडबाडकै बेलामा नेपालमा सुनको भाउले भने उच्च रेकर्ड बनाउदै आएको छ । बिहिबार छापावाल सुन तोलाको रुपैयाँ १ लाख ६० हजार ७ सय कायम भएर ऐतिहासिक उच्च रेकर्ड बनाएको थियो आज फेरि बढेर अर्काे नयाँ रेकर्ड बनेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ बढेर अर्को रेकर्ड बनाएको जनाएको छ । नयाँ भाउ तोलाको १ लाख ६१ हजार २ सय निर्धारण भएको छ । आज सुनमा रुपैयाँ ५ सयले बढेको हो ।

यसदिन चाँदीको भाउ स्थिर रहेको छ । भाउ स्थिर रहेर चाँदी तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा नै कारोबार भईरहेको छ । बिहिबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ५५ मा नै कारोबार भएको थियो ।

नेपालीहरु यतिबेला चाडबाडको संघारमा रहेका छन् । सोह्रश्राद्ध लगत्तै बडादशैं आउदै छ । त्यसको १५ दिनपछि दिपावली, छठ लगायतका पर्वहरु आउन लागेका छन् ।

चाडबाडको समयमा घर बाहिर भएकाहरु घरमा आउने, देश बाहिर रहेकाहरु देशमा आउने क्रम पनि जारिरहेको छ । यो समयमा आफन्तसंग घेटघाट, मिलन पुर्नमिलन, सामाजिक कार्यसंगै विभिन्न कार्यहरुमा सरिक हुने अवसर पनि जुरेको हुन्छ ।