आँखुखोला जलविद्युतकाे साढे १७ लाख कित्ता सेयर बिक्रीमा

-



     सफल आवाज    
     असाेज ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ असाेज । आँखुखोला जलविद्युत कम्पनीले आजदेखि १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ ।

यसमा सहभागि हुनका लागि लगानीकर्ताले घटीमा रु १०० मा नघटाएर यसैकाे आधारमा बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले घटिमा ज्ञ हजार तथा बढीमा सबै कित्ताका लागि असोज २० गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीले यसअघि १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएकाे थियो । उक्त समयमा बिक्री हुन बाँकी रहेकाे सेयर यसपटक लिलामी बिक्रीमा ल्याइएको हो ।

आवेदकले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सक्नेछन् । साथै नबिल बैंककाे पाेखरा लेकसाइडकाे शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा सुर्खेत तथा धनगढीमा रहेकाे शाखाबाट आवेदन दिन पाइनेछ । 

सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ ।