प्रभु सेलेक्ट फण्डले १६ करोड ६४ लाख नाफा कमायो

-



     सफल आवाज    
     असाेज १२ गते २०८१ मा प्रकाशित



काठमाडौं, १२ असोज । प्रभु सेलेक्ट फण्डले भदौ मसान्तसम्ममा १६ करोड ६४ लाख नाफा कमाएको छ । साउन मसान्तमा फण्डको कुल आम्दानी ३२ करोड ५८ लाख रहेकोमा भदौ मसान्तमा १७ करोड १८ लाखमा झरेको हो ।

साउन मसान्तमा फण्डको न्याभ १४ रुपैयाँ ९ पैसा रहेकोमा भदौ मसान्तमा १२ रुपैयाँ ८४ पैसामा झरेको छ । त्यस्तै फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा १ अर्ब २१ करोड भन्दा बढी लगानी गरेको जनाएकाे छ ।