आजबाट दशैंका लागि सुकिले नोट सटही गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     असाेज १३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, १३ असाेज । नेपाल राष्ट्र बैंकले बडा दशैंको लागि आजबाट असोज २२ गतेसम्म सुकिला नोट सहटही सुरु गर्दैछ । बैंकले विभिन्न क्षेत्रका कार्यालयहरु तोकेको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेश कार्यालयहरु विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट आजदेखि सुकिला नोट साट्न लागेको हो ।

राष्ट्र बैंकले इजाजतपत्र पाएका बैंक तथा वित्तीय संस्था र तीनका शाखाहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाएको बताएको छ । बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्ने भएको छ । साथै ठूला दरका नोट पनि बजारमा पठाइने भएको छ ।

राष्ट्र बैंकले आआफ्नो खाता रहेका बैंक तथा नजिकमा रहेका बैंक, वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गएर साट्न सकिने जानकारी गराएको छ ।

बैंकले विगतका वर्षहरुमा जस्तै यस पटक पनि साना दरको नाेट १/१ सेटको दरले १८ हजार ५०० रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने बताएकाे छ।